बारामा धमाधम रोपाइँ
बारा | असार ३१, २०७९
बारा: बारा जिल्लाका किसान यतिखेर रोपाइँमा व्यस्त छन् । यस कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा धानखेती गरिने लक्ष्य रहेकोमा हालसम्म ६० प्रतिशत अर्थात् २७ हजार ६१२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको कृषि ज्ञानकेन्द्रको प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो ।
सिँचाइको सुविधा नभएको कारणले आकासे पानीको भरमा सिँचाइ गरी खेती गरिने धानखेती गर्न नसकेको कृषि प्राविधिक राजनारायण प्रसादले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा कृषकले वर्षे धान भदैया ११ हजार ९० ५ हेक्टर र अगहनी धान ३४ हजार ११५ हेक्टरसमेत गरी कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा खेती गरिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...
पोखराः पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...

