बारामा धमाधम रोपाइँ
बारा | असार ३१, २०७९
बारा: बारा जिल्लाका किसान यतिखेर रोपाइँमा व्यस्त छन् । यस कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा धानखेती गरिने लक्ष्य रहेकोमा हालसम्म ६० प्रतिशत अर्थात् २७ हजार ६१२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको कृषि ज्ञानकेन्द्रको प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो ।
सिँचाइको सुविधा नभएको कारणले आकासे पानीको भरमा सिँचाइ गरी खेती गरिने धानखेती गर्न नसकेको कृषि प्राविधिक राजनारायण प्रसादले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा कृषकले वर्षे धान भदैया ११ हजार ९० ५ हेक्टर र अगहनी धान ३४ हजार ११५ हेक्टरसमेत गरी कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा खेती गरिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

